समाचार

ओली सरकार ढाल्ने खेल सुरु, देउवा र माधव नेपालबीच गोप्य भेट

२०८१ पुष २६ गते २०:०९

काठमाण्डू, २६ पुस– काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच गोप्य भेटवार्ता भएको छ । दुई नेताबीच पछिल्लो एक सातामा कम्तिमा चारपटक भेटवार्ता भएको श्रोतले जनाएको छ । श्रोतका अनुसार उनीहरुबीच ओली सरकारको विकल्प खोज्ने विषयमा कुराकानी भएको छ ।...

ऊर्जामन्त्री खड्काले नियुक्त गरेका प्राधिकरण सदस्यलाई काम नगर्न अदालतको आदेश

२०८१ पुष २६ गते २०:००

काठमाण्डू, २६ पुस– नेपाल विद्युत प्राधिकरणका सञ्चालक समिति सदस्य नियुक्त लक्ष्मण केसीलाई कामकाज नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीशद्वय श्यामकुमार भट्टराई र डिल्लीरत्न श्रेष्ठको इजलासले शुक्रबार केसीको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । केसीलाई ऊर्जामन्त्री दीपक खड्काले गत...

प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङदेनबीच भेटवार्ता

२०८१ पुष २६ गते १८:३७

काठमाण्डू, २६ पुस– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत मसाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटवार्ता भएको छ । तीन नेताबीच शुक्रबार सिंहदरबरमा भेटवार्ता भएको हो । त्यस क्रममा उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो । भेटपछि सञ्चारकर्मीसँग...

प्रचण्डसँग भेटेपछि माधव नेपालले भनेः ओलीले फेरि संसद् भंग गर्न सक्छन्

२०८१ पुष २६ गते १८:२६

काठमाण्डू, २६ पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले फेरि संसद् भंग गर्न सक्ने बताएका छन् । सिंहदरबारमा शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले ओलीको फेरि संसद भंग गर्ने चाहना रहेको बताए । २०८७ सालमा मा...

विनयी खोला पुल भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२०८१ पुष २६ गते १८:१९

काठमाण्डू, २६ पुस– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका दुम्कीबासस्थित विनयी खोला पुल भासिएको छ । शुक्रबार अपराह्न पुल भासिएसँगै पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले डाइभर्सन गरी अवरुद्ध यातायात सुचारु गर्ने प्रयास भइरहेको बताए ।...

यो सत्ता गठबन्धन अब धेरै टिक्दैनः प्रचण्ड

२०८१ पुष २६ गते १८:१४

काठमाण्डू, २६ पुस– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन अब धेरै समय नटिक्ने बताएका छन् । सिंहदरबारमा शुक्रबार सञ्चारकर्मीसँग प्रचण्डले कांग्रेस–एमाले गठबन्धन अप्राकृतिक रहेको र अब नचल्ने बताएका हुन् । ‘यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी छ भन्ने कुरा मैले गम्भीर...

सत्तारुढ दलका नेता नै प्रचण्ड र माधव नेपालको बैठकमा सहभागी

२०८१ पुष २६ गते १६:१६

काठमाण्डू, २६ पुस– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार फेरि भेटवार्ता भएको छ । दुई नेताबीच सिंहदरबारमा छलफल भएको हो । छलफलमा सत्तारुढ अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी भएका छन् ।...

रवि लामिछाने आइतबार मात्र काठमाण्डू जिल्ला अदालतमा उपस्थित हुने

२०८१ पुष २६ गते १६:०५

काठमाण्डू, २६ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आइतबार मात्र जिल्ला अदालत काठमाण्डूमा उपस्थित हुने भएका छन् । लामिछानेका सहयोगी दीपक बोहराले कास्कीमा आवश्यक कानूनी प्रक्रिया पुरा गरी उनी काठमाण्डु जाने क्रममा रहेको र आइतबार मात्र अदालतमा उपस्थित हुने जानकारी दिएका छन्...

काठमाण्डूमा जेसिबीको ठक्करबाट बालिकाको मृत्यु

२०८१ पुष २६ गते १५:५६

काठमाण्डू, २६ पुस– काठमाण्डूको नागार्जुन नगरापलिकाल–६ ह्वाईट गुम्बास्थित सडकमा जेसीबीको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । बा२क ६०८८ नम्बरको जेसीबीले शुक्रबार अपराह्न ठक्कर दिँदा नागर्जुन नगरपालिका–५ की पञ्चकुमारी तामाङकी छोरी ११ वर्षीया अनुशाको मृत्यु भएको हो । प्रहरीका अनुसार जेसीबीको ठक्करबाट गम्भीर घाइते...

रवि लामिछाने पोखराबाट छुटे, बुटवलमा अर्को मुद्धा दर्ता

२०८१ पुष २६ गते १५:५१

काठमाण्डू, २६ पुस– पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन कसुरमा धरौटीमा रिहा भएको एक दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लाछिानेलाई प्रहरीले बुटवलस्थित सुप्रिम सहकारी प्रकरणमा पनि लामिछानेमाथि कारबाही गर्नुपर्ने भन्दै अनुसन्धान प्रतिवेदन बुझाएको छ । इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी...

सूर्यदर्शन सहकारी ठगी प्रकरणः ३७ लाख धरौटी बुझाएर छुटिन् लीला पछाई

२०८१ पुष २६ गते १५:३८

पोखरा, २६ पुस– पोखरास्थित सूर्यदर्शन सहकारी ठगी कसुरमा पक्राउ परेकी लीला पछाई धरौटी बुझाएर रिहा भएकी छन् । कास्की जिल्ला अदालतका न्यायाधिश नितिज राईले पछाइसहित ७ प्रतिवादीलाई बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अरु सबै बिहीबारै रिहा भए पनि धरौटी बुझाउन नसक्दा...

कुलमानले ९८.९९ प्रतिशत अंक पाएको दाबी

२०८१ पुष २६ गते १५:३१

काठमाण्डू, २६ पुस– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष २०८०/८१मा गरेका कार्यसम्पादन विवरण मूल्याङ्कनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेश गरेका छन् । कार्यकारी निर्देशक घिसिङले बिहीबार गत आवमा सम्पादन गरेका काममा ९८.९९ प्रतिशत अङ्क दाबी गरी मूल्याङ्कनका लागि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us