काठमाण्डूमा जेसिबीको ठक्करबाट बालिकाको मृत्यु

काठमाण्डु टुडे २०८१ पुष २६ गते १५:५६ मा प्रकाशित

काठमाण्डू, २६ पुस– काठमाण्डूको नागार्जुन नगरापलिकाल–६ ह्वाईट गुम्बास्थित सडकमा जेसीबीको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।

बा२क ६०८८ नम्बरको जेसीबीले शुक्रबार अपराह्न ठक्कर दिँदा नागर्जुन नगरपालिका–५ की पञ्चकुमारी तामाङकी छोरी ११ वर्षीया अनुशाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार जेसीबीको ठक्करबाट गम्भीर घाइते अनुशाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

जेसीबी चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us