काठमाडौं, ३० असार – नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई काठमाडौं जिल्ला अदालतले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको छ ।
जिल्ला अदालत काठमाडौंले गत साता उक्त प्रकरणमा रायमाझीलाई ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो ।
त्यसको सजाय निर्धारण गर्दै मंगलबार अदालतले उनलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना गर्ने फैसला गरेको हो ।
रायमाझी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थीका रूपमा प्रस्तुत गरी अमेरिका पठाउने योजनासँग सम्बन्धित ठहर भएका अभियुक्तमध्ये एक हुन् ।
अदालतले यसअघि नै उनीविरुद्ध ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुर पुष्टि गरेको थियो भने आज सोही आधारमा सजाय निर्धारण गरेको हो ।