ऊर्जामन्त्री खड्काले नियुक्त गरेका प्राधिकरण सदस्यलाई काम नगर्न अदालतको आदेश

काठमाण्डु टुडे २०८१ पुष २६ गते २०:०० मा प्रकाशित

काठमाण्डू, २६ पुस– नेपाल विद्युत प्राधिकरणका सञ्चालक समिति सदस्य नियुक्त लक्ष्मण केसीलाई कामकाज नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

न्यायाधीशद्वय श्यामकुमार भट्टराई र डिल्लीरत्न श्रेष्ठको इजलासले शुक्रबार केसीको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

केसीलाई ऊर्जामन्त्री दीपक खड्काले गत २ पुसमा सञ्चालक समिति सदस्य नियुक्त गरेका थिए ।

केसीको नियुक्तिविरुद्ध जनार्दन जोशीले उच्चमा रिट निवेदन दायर गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us