काठमाण्डू, २६ पुस– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन अब धेरै समय नटिक्ने बताएका छन् ।
सिंहदरबारमा शुक्रबार सञ्चारकर्मीसँग प्रचण्डले कांग्रेस–एमाले गठबन्धन अप्राकृतिक रहेको र अब नचल्ने बताएका हुन् ।
‘यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी छ भन्ने कुरा मैले गम्भीर रूपले संसदमै र बाहिर पनि भनेको तपाईंहरूले सुन्नुभएकै छ’, प्रचण्डले भने , ‘यो अप्राकृतिक गठबन्धन अब चल्दैन ।’
उनले समाजवादी मोर्चालाई फेरि सक्रिय बनाउन लागिएको बताए ।