काठमाण्डू, २६ पुस– पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन कसुरमा धरौटीमा रिहा भएको एक दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लाछिानेलाई प्रहरीले बुटवलस्थित सुप्रिम सहकारी प्रकरणमा पनि लामिछानेमाथि कारबाही गर्नुपर्ने भन्दै अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो ।
जिल्ला अदालत कास्कीको आदेशमा बिहीबार मात्र लामिछाने ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।
रुपन्देही प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले प्रहरीले बिहीबारै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको जानकारी दिए ।
प्रतिवदेनमा लामिछानेमाथि मुद्धा चलाउनुपर्ने राय उल्लेख गरिएको छ । सूर्यदर्शन सहकारी ठगी कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई त्यहींबाट २७ कात्तिकमा भैरहवास्थित सरकारी वकिल कार्यालय लगेर बयान लिइएको थियो ।
सुप्रिम सहकारीका एक हजार ८ सय ३१ बचतकर्ताको ८६ करोड १८ लाखभन्दा बढी बचत रकम हिनामिना भएको प्रहरी पतिवेदनले औंल्याएको छ ।
जसमध्ये १४ करोड २९ लाख बढी गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको देखिएको एसपी राठौरले बताए ।