विनयी खोला पुल भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाण्डु टुडे २०८१ पुष २६ गते १८:१९ मा प्रकाशित

काठमाण्डू, २६ पुस– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका दुम्कीबासस्थित विनयी खोला पुल भासिएको छ ।

शुक्रबार अपराह्न पुल भासिएसँगै पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले डाइभर्सन गरी अवरुद्ध यातायात सुचारु गर्ने प्रयास भइरहेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन अब धेरै समय नटिक्ने बताएका छन् ।

सिंहदरबारमा शुक्रबार सञ्चारकर्मीसँग प्रचण्डले कांग्रेस–एमाले गठबन्धन अप्राकृतिक रहेको र अब नचल्ने बताएका हुन् ।

‘यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी छ भन्ने कुरा मैले गम्भीर रूपले संसदमै र बाहिर पनि भनेको तपाईंहरूले सुन्नुभएकै छ’, प्रचण्डले भने , ‘यो अप्राकृतिक गठबन्धन अब चल्दैन ।’

उनले समाजवादी मोर्चालाई फेरि सक्रिय बनाउन लागिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us