सूर्यदर्शन सहकारी ठगी प्रकरणः ३७ लाख धरौटी बुझाएर छुटिन् लीला पछाई

काठमाण्डु टुडे २०८१ पुष २६ गते १५:३८ मा प्रकाशित

पोखरा, २६ पुस– पोखरास्थित सूर्यदर्शन सहकारी ठगी कसुरमा पक्राउ परेकी लीला पछाई धरौटी बुझाएर रिहा भएकी छन् ।

कास्की जिल्ला अदालतका न्यायाधिश नितिज राईले पछाइसहित ७ प्रतिवादीलाई बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अरु सबै बिहीबारै रिहा भए पनि धरौटी बुझाउन नसक्दा उनी थुनामै थिइन् । शुक्रबार अदालतले तोेकेको ३७ लाख रुपैयाँ धरौटी बुझाएर पछाई रिहा भएकी हुन् ।
रास्वपा सभापति रवि लामिछाने, गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङ बिहीबारै धरौटी बुझाएर रिहा भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us