ओली सरकार ढाल्ने खेल सुरु, देउवा र माधव नेपालबीच गोप्य भेट

काठमाण्डु टुडे २०८१ पुष २६ गते २०:०९ मा प्रकाशित

काठमाण्डू, २६ पुस– काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत

समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच गोप्य भेटवार्ता भएको छ ।
दुई नेताबीच पछिल्लो एक सातामा कम्तिमा चारपटक भेटवार्ता भएको श्रोतले जनाएको छ ।

श्रोतका अनुसार उनीहरुबीच ओली सरकारको विकल्प खोज्ने विषयमा कुराकानी भएको छ ।

ओलीले गत १७ असारमा काँग्रेस र एमालेबीच भएको सहमतिविपरीत ०८७ सालमा मात्र संविधान संशोधन हुने अभिव्यक्ति दिएपछि काँग्रेस नेताहरुले आपत्ति जनाउन थालेका छन् ।

नेपाल र देउवासँग गोप्य भेट भएको भन्ने सूचनालाई प्रतिपक्षी दलहरुबीच बाक्लिएको भेटवार्ताले पनि पुष्टि गर्छ ।

बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो ।

शुक्रबार पुनः प्रचण्ड र नेपाल तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटवार्ता भयो ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै तीनै जना नेताले वर्तमान सरकार धेरै दिन नटिक्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us