काठमाण्डू, २६ पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले फेरि संसद् भंग गर्न सक्ने बताएका छन् ।
सिंहदरबारमा शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले ओलीको फेरि संसद भंग गर्ने चाहना रहेको बताए ।
२०८७ सालमा मा संविधान संशोधन हुन्छ भन्ने ओलीको भनाइको पछाडि फेरि संसद् भंग गर्ने चाहना लुकेको हुन सक्ने उनको भनाइ थियो ।
‘२०८७ सम्म बस्ने उहाँको चाहना होला । चुनावै नगरी बस्ने हो कि ? विगतमा पनि संसद् भंग गरेको मान्छे, फेरि संसद् भंग गरेर ठेलेको ठेल्यै गरेर अर्को ६ वर्ष बसौँला भन्ने सोच्नुभएको छ कि थाहा भएन,’ नेपालले भने ।