विराटनगर, १७ भदौ– नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले गिरिजा प्रसाद कोइराला समर्थकलाई पार्टीले पाखा लगाउन खोजेको आरोप लगाएकी छन् । सोमबार मोरङको विराटनगरमा पत्रकार सम्मेलन गरी उनले यस्तो आरोप लगाएकी हुन् ।...
काठमाण्डु, १७ भदौ– नेपाली कांग्रेस काठमाण्डु ४ नम्बर क्षेत्रीय समितिले केन्द्रीय सदस्य गगन थापालाई प्रत्यक्षतर्फको उम्मेदवारमा सर्वसम्मतिले सिफारिस गरेको छ । काठमाण्डु क्षेत्र नम्बर ४ को कांग्रेस क्षेत्रीय समितिले गगन थापालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउने सिफारिस गरेको क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठले जानकारी दिए । प्रत्येक...
राजविराज, १७ भदौ–तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आगामी मंसिर ४ गतेको निर्वाचन कुनै हालतमा नरोकिने बताएका छन् । तमलोपा सप्तरीले सोमबार राजविराजमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले कुनै दलले बहिष्कार गर्दैमा निर्वाचन नरोकिने स्पष्ट पारे । हाल निर्वाचनका विपक्षमा रहेका नेकपा–माओवादीलगायत दलसँग उच्चस्तरीय...
काठमाण्डु, १७ भदौ । काठमाण्डुमा इन्द्रजात्रा मनाउन नेवाः जागरण मञ्चका अध्यक्ष सुजीव वज्राचार्यको संयोजकत्वमा ३८ सदस्यीय समारोह समिति गठन गरिएको छ । इन्द्रजात्रा आगामी असोज २ गते पर्छ । समितिमा उपसंयोजक ज्यापू महागुथी काठमाण्डु महानगर समितिका उपाध्यक्ष पञ्चनारायण महर्जन र सचिवमा सोही गुठीका सहसचिव...
काठमाण्डु, १७ भदौ– नेपालका लागि नवनियुक्त भारतीय राजदूत रन्जित रे आफ्नो कार्यभार सम्हाल्न सोमबार काठमाण्डु आउँदै छन् । राजदूत जयन्तप्रसादको कार्यकाल सकिएपछि भारतले रेलाई नयाँ राजदूतको रुपमा नेपाल पठाएको हो । राजदूत रेले बुधबार राष्ट्रपति डा.रामवरण यादवसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्ने कार्यक्रम तय...
सिराहा, १७ भदौ- सिराहाको धनगढीमा मोटरसाईकलको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० बर्षीया भालसेरा यादव रहेकी छन् । स ३ प १५९६ नम्बरको मोटरसाईकलको ठक्करबाट घाइते भएकी यादवको उपचारकालागि न्युरो अस्पताल विराटनगर लैजाँदै गर्दा गएराती बाटोमै मृत्यु भएको...
काठमाण्डु, १७ भदौ- नेकपा एमालेमा निर्बाचन परिचालन कमिटीको नेतृत्वलाई लिएर विवाद भएको छ । नेतृत्वमा अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता केपी ओली र महासचिव इश्वर पोख्रेलले दावी गरेका छन् ।...
काठमाण्डु, १७ भदौ – एकीकृत नेकपा माओवादीको युवा संगठन योङ कम्युनिष्ट लीग (वाईसीएल) को प्रथम राष्ट्रिय अधिवेशनमा पेश भएका प्रतिवेदनमा धारणा राख्ने क्रम सोमबारबाट शुरु भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनमा जारी बैठकमा समूहगत रुपमा धारणा राख्ने क्रम चलिरहेको छ । संयोजक गणेशमान पुनले...
काठमाण्डु, १६ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रान्सर्फमर खरिद प्रकरणमा अनियमितता गरेको आरोपमा नेपाल विद्युत प्राधिकरणका थप १० कर्माचारीलाई पक्रेको छ । अख्तियारले प्राधिकरणका निर्देशक अर्जुन चौहानसहित १० जनालाई कमसल ट्रान्सफर्मर खरिद गरी भ्रष्टाचार गरेको आरोपमा आइतबार पक्राउ गरेको हो । अख्तियारले सोही प्रकरणका...
काठमाण्डु, १६ भदौ– एकीकृत माओवादी केन्द्रीय समिति बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । प्रवक्ता अग्नि सापकोटाले गृहकार्य नपुगेका कारण सोमबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको काठमाण्डु टुडेलाई जानकारी दिनुभयो । माओवादीले जारी बैठकबाट दोस्रो चरणको चुनावी अभियानसँगै नेताहरुको नयाँ कार्यविभाजनसमेत...
काठमाण्डु, १६ भदौ । नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुले गोलमेच सम्मेलन गरेर भए पनि नेकपा–माओवादी सहितका असन्तुष्ट दलहरुलाई निर्वाचनमा ल्याउनु पर्ने धारणा राखेका छन् । आईतवार काठमाण्डुमा भएको साक्षात्कारमा काँग्रेसका नेता डा. नारायण खड्काले नेकपा–माओवादी चुनावप्रति दिन प्रतिदिन लचिलो बन्दै गएको भन्दै उनीहरुले...
काठमाण्डु, १६ भदौ– अघिल्लो संविधानसभा चुनावमा पराजित भएका नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई अबको चुनावमा क्षेत्र परिवर्तन गर्न क्षेत्रीय समितिले सुझाव दिएको छ । बाँके क्षेत्र नम्बर ३ बाट चुनाव लड्दै आएका कोइराला २०६४ सालको पहिलो संविधानसभा चुनावमा फोरम लोकतान्त्रिकका नेता सर्वदेव ओझासँग पराजित...