प्राधिकरणका थप १० कर्मचारी अख्तियारको खोरमा

काठमाण्डु टुडे २०७० भदौ १६ गते १३:५९ मा प्रकाशित

काठमाण्डु, १६ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रान्सर्फमर खरिद प्रकरणमा अनियमितता गरेको आरोपमा नेपाल विद्युत प्राधिकरणका थप १० कर्माचारीलाई पक्रेको छ ।
akhtiyarअख्तियारले प्राधिकरणका निर्देशक अर्जुन चौहानसहित १० जनालाई कमसल ट्रान्सफर्मर खरिद गरी भ्रष्टाचार गरेको आरोपमा आइतबार पक्राउ गरेको हो । अख्तियारले सोही प्रकरणका कार्यकारी निर्देशक रामेश्वर यादवसहित २२ कर्मचारीविरुद्ध एक साताअघि विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

उनीहरु सबै अख्तियार हिरासतमा छन् । अख्तियार प्रवक्ता श्रीधर सापकोटाले विज्ञप्ति जारी गरी पक्राउ परेका सबैलाई हिरासतमा राखेर भ्रंष्टाचारको अभियोगमा मुद्धा दायर गर्ने गृहकार्य भइरहेको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us