मंसिर ४ को निर्वाचन रोकिदैन : ठाकुर

काठमाण्डु टुडे २०७० भदौ १७ गते ७:५३ मा प्रकाशित

Former Madheshi minister Thakur talks in Kathmanduराजविराज, १७ भदौ–तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आगामी मंसिर ४ गतेको निर्वाचन कुनै हालतमा नरोकिने बताएका छन् । तमलोपा सप्तरीले सोमबार राजविराजमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले कुनै दलले बहिष्कार गर्दैमा निर्वाचन नरोकिने स्पष्ट पारे ।

हाल निर्वाचनका विपक्षमा रहेका नेकपा–माओवादीलगायत दलसँग उच्चस्तरीय राजनीतिक समिति र सरकारी वार्ता टोलीले वार्ता जारी राखेकाले असन्तुष्ट दल पनि निर्वाचनमा सहभागी हुने उनको विश्वास । निर्वाचनमा मधेसकेन्द्रित दलबीच मोर्चाबन्दीको सम्भावना नरहे पनि केही स्थानमा तालमेल हुने सम्भावना भने रहेको उनले स्पष्ट पारेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us