कोइरालालाई क्षेत्र परिवर्तन गरेर चुनाव लड्न सिफारिस

काठमाण्डु टुडे २०७० भदौ १६ गते ९:३९ मा प्रकाशित

sushilकाठमाण्डु, १६ भदौ– अघिल्लो संविधानसभा चुनावमा पराजित भएका नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई अबको चुनावमा क्षेत्र परिवर्तन गर्न क्षेत्रीय समितिले सुझाव दिएको छ ।

बाँके क्षेत्र नम्बर ३ बाट चुनाव लड्दै आएका कोइराला २०६४ सालको पहिलो संविधानसभा चुनावमा फोरम लोकतान्त्रिकका नेता सर्वदेव ओझासँग पराजित भएका थिए ।

आउँदो मंसिर चार गते हुने दोस्रो संविधानसभा चुनावमा बाँके क्षेत्र नम्बर १ बाट चुनाव लड्न क्षेत्रीय समितिले केन्द्रमा सिफारिस गरेको छ । जनाधार कमजोर भएको क्षेत्रबाट पार्टी नेतृत्व उठ्दा फेरि पनि हार व्यहोर्ने आशंकाले क्षेत्र परिवर्तन गरिएको स्रोतले जनाएको छ ।

क्षेत्रीय समितिले यसअघि तीनजनाको नाम सिफारिस गर्ने भनिए पनि कोइरालाको नाम मात्र सर्बसम्मतरुपले सिफारिस भएर केन्द्रीय कार्यालयमा आइपुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us