जसले १२ बुँदे सहमति गराउन पनि भूमिका खेले

काठमाण्डु टुडे २०७० भदौ १७ गते ७:२९ मा प्रकाशित

Ranjit-reकाठमाण्डु, १७ भदौ– नेपालका लागि नवनियुक्त भारतीय राजदूत रन्जित रे आफ्नो कार्यभार सम्हाल्न सोमबार काठमाण्डु आउँदै छन् । राजदूत जयन्तप्रसादको कार्यकाल सकिएपछि भारतले रेलाई नयाँ राजदूतको रुपमा नेपाल पठाएको हो ।

राजदूत रेले बुधबार राष्ट्रपति डा.रामवरण यादवसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्ने कार्यक्रम तय भएको छ ।
भारतीय विदेश मन्त्रालयले गत १२ असारमा रेलाई नेपालका नयाँ राजदूतमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनी नेपाल मामिलाका जानकार हुन् ।

तत्कालीन विद्रोही नेकपा माओवादी र सात दलबीच नयाँदिल्लीमा १२ बुँदे समझदारी गराउन रेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यतिबेला उनी भारतीय विदेश मन्त्रालयमा रहेर नेपाल–भुटान मामिला हेर्ने सहसचिवका रुपमा काम गर्दथे । रे सन् २००६ मा हंगेरीका लागि र सन् २०१० देखि भियतनामका लागि भारतीय राजदूत भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us