वाईसीएलको बन्द सत्र जारी

काठमाण्डु टुडे २०७० भदौ १७ गते ४:१४ मा प्रकाशित

YCL-Nepal-Logoकाठमाण्डु, १७ भदौ – एकीकृत नेकपा माओवादीको युवा संगठन योङ कम्युनिष्ट लीग (वाईसीएल) को प्रथम राष्ट्रिय अधिवेशनमा पेश भएका प्रतिवेदनमा धारणा राख्ने क्रम सोमबारबाट शुरु भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनमा जारी बैठकमा समूहगत रुपमा धारणा राख्ने क्रम चलिरहेको छ ।

संयोजक गणेशमान पुनले पेश गरेको ‘उत्पादन तथा निर्माण कार्ययोजना’सहितको राजनीतिक प्रतिवेदनमा आइतबार १३ वटै समुहको छलफल सकिएको थियो । सबैले धारणा राखिसकेपछि संगठनको भावी योजना र नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सक्ने तयारी भैरहेको नेता रामप्रसाद सापकोटाले जानकारी दिए । गणेशमान पुन नै संगठनको अध्यक्ष बन्ने स्रोतले जनाएको छ । संविधानसभा निर्वाचनलाई सफल बनाउन ‘एक बुथ दुई सय युथ’ को नारा अगाडि सारेको वाईसीएलले अधिवेशनमार्फत् विशेष योजना ल्याउने तयारी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us