काठमाण्डु, १६ भदौ–आगामी संविधानसभा निर्बाचनको उम्मेदवार छनौटको विषयमा नेपाली काँग्रेसमा विवाद भएको छ । उम्मेदवार छनौटमा सहमति नजुटेपछि एउटा निर्बाचन क्षेत्रबाट १० जनासम्मको नामावली सिफारिस भएर केन्द्रीय कार्यालय सानेपामा आएका छन् ।...
काठमाण्डु, १६ भदौ– उदयपुरको साउने बजारस्थित प्रहरी चौकी आक्रमण गर्न गएका एक प्रहरी जवान सहित चारजनालाई प्रहरीले आइतबार विहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदपयुरको त्रियुगा नगरपालिका १ का प्रहरी जवान समिन राई, सोही ठाउँका दीपक राई, त्रियुगा नगरपालिका २ का सरोज खड्का...
काठमाडौं, १६ भदौ– नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको गृहजिल्ला इलाममा उम्मेदवार सिफारिसका विषयमा विवाद भएको छ । आकांक्षी धेरै भएपछि आफ्नै निर्बाचन क्षेत्रबाट खनाल सर्बसम्मत सिफारिस हुन सकेका छैनन् ।...
काठमाण्डु, १६ भदौ –आन्दोलनमार्फत् चुनाव विथोल्ने घोषणा गरेको नेकपा–माओवादी लगायत असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउन अन्तिम समयसम्म प्रयास गर्ने बताउँदै आए पनि ठूला दलहरुले समयसीमा तोक्ने गरेका छैनन् । तर, उच्चस्तरीय समितिको संयोजकको जिम्मेवारी पाएको नेपाली काँग्रेसले भने आइतबार सहमतिकालागि वैद्यलाई पर्खिने समयसीमा तोकेको छ...
काठमाण्डु, १६ भदौ– एकीकृत नेकपा माओवादीको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)को प्रथम राष्ट्रिय अधिवेशन अन्तरगत आइतबारबाट बन्दसत्र शुरु भएको छ । काठमाण्डुको कमलादीस्थित प्रज्ञाभवनमा जारी बन्दसत्रमा संयोजक गणेशमान पुनको राजनीतिक प्रस्तावमा समूहगत छलफल भैरहेको छ । उत्पादन तथा निर्माण कार्ययोजनासहित तयार पारिएको प्रस्तावमा...
काठमाण्डु, १६ भदौ– निर्बाचन तयारीको विषयमा छलफल गर्न नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आइतबार पनि जारी छ । पार्टी मुख्यालय बल्खुमा जारी बैठकमा अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रस्तावमा छलफल भैरहेको छ ।...
काठमाण्डु, १६ भदौ – सरकारले वार्तामा आउन गरेको आग्रह नेपाल सदभावना पार्टीले अस्वीकार गरेको छ । अनशन तोडेर वार्तामा आउन सरकारले गरेको आग्रह सदभावनाले अस्वीकार गरेको हो । पार्टी प्रवक्ता गोविन्दा शाहाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनिश्चितकालीन अनशन भंग गरी आफ्ना विभिन्न...
गुल्मी, १६ भदौ–गुल्मीको फोक्सिङ गाविसमा झाडाबान्ताको प्रकोप फैलिएको छ । सबैभन्दा बढी चैयागाउँ प्रभावित भएको छ । गत बुधबारदेखि फैलिएको झाडावान्ताबाट सो गाउँमा २६ जना बिरामी परेका हुन् । डाँडाबारी, केराबारी रइस्मेली टोलका बासिन्दामा झाडावान्ताबाट प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।...
बर्दिया, १६ भदौ– बर्दियाको बबई नदीमा डुबेर शनिबार बेपत्ता भएका तीनजना मध्ये एकजनाको शव आइतबार विहान फेला परेको छ । गुलरिया ४ बनकट्टीका २० बर्षीय सुजन रविदासको शव फेला परेको हो । सोही ठाउँका २० बर्षीय लक्ष्मीराज रविदास र २१ बर्षीय रामु रविदासको अवस्था...
काठमाण्डु, १५ भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूबाट अलग भएर मोहन वैद्य नेतृत्वमा गठित नेकपा–माओवादी विदेशी शक्तिको गोटी बनेको आरोप लगाएका छन् । पार्टी सहायक संगठन योङ कम्युनिष्ट लिग वाइसीएलको एकताको प्रथम राष्ट्रिय महाधिवेशनको राजधानीमा शनिबार उद्घाटन गर्दै उनले संविधानसभा निर्वाचनको...
काठमाण्डु, १५ भदौ– एकीकृत माओवादीले द्वन्द्वकालीन मुद्धा उचालेर संविधानसभा निर्वाचन बिथोल्ने षड्यन्त्र भइरहेको बताएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता अग्नि सापकोटाले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको घटनालाई नाटकीय ढंगले प्रचारमा ल्याइएको बताए । जनयुद्धकालीन सबै घटनालाई राजनीतिकरण गरी...
नवलपरासी, १५ भदौ – मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका नेता खड्गबहादुर विकले आफूहरुको अनुपस्थितिमा हुन लागेको संविधानसभा निर्वाचन बिथोलेरै छाड्ने चेतावनी दिएका छन् । क्रान्तिकारी पत्रकार महासघले शनिबार कावासोतीमा गरेको पत्रकार भेटघाटमा नेता विकाले आफूहरुलाई पाखा लगाएर गरिने निर्वाचनले मुलुकलाई निकास नदिने बताए । चार...