शसर्त वार्ता अमान्य : सदभावना

काठमाण्डु टुडे २०७० भदौ १६ गते ६:११ मा प्रकाशित

Sadvabanaकाठमाण्डु, १६ भदौ – सरकारले वार्तामा आउन गरेको आग्रह नेपाल सदभावना पार्टीले अस्वीकार गरेको छ । अनशन तोडेर वार्तामा आउन सरकारले गरेको आग्रह सदभावनाले अस्वीकार गरेको हो ।

पार्टी प्रवक्ता गोविन्दा शाहाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनिश्चितकालीन अनशन भंग गरी आफ्ना विभिन्न मागहरु बारेमा वार्ता गर्ने सर्तमा सरकारसँग वार्ता नगर्ने पार्टीले निर्णय लिएको स्पष्ट गराउदै मन्त्रिपरिषद, परामर्श तथा समन्वय समितिलाई आज पार्टीद्वारा पत्र पठाइएको छ ।’ यसअघि सरकारले यही भदौ ११ गते पत्र पठाउँदै वार्तामा आउन आग्रह गरेको थियो ।

आइतबार विसौं दिन पनि अनशन जारी राखेकी पार्टी अध्यक्ष सरीता गिरीको स्वास्थ्य कमजोर हुँदै गईरहेको विज्ञप्तिमा उल्लेख छ । निर्बाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन सार्बजनिक गर्नुपर्नेलगायत माग राख्दै सदभावना अध्यक्ष गिरी काठमाडौंको रत्नपार्कमा अनशन बस्दै आएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us