गुल्मीमा झाडावान्ताको प्रकोप

काठमाण्डु टुडे २०७० भदौ १६ गते ६:०१ मा प्रकाशित

गुल्मी, १६ भदौ–गुल्मीको फोक्सिङ गाविसमा झाडाबान्ताको प्रकोप फैलिएको छ । सबैभन्दा बढी चैयागाउँ प्रभावित भएको छ । गत बुधबारदेखि फैलिएको झाडावान्ताबाट सो गाउँमा २६ जना बिरामी परेका हुन् ।

डाँडाबारी, केराबारी रइस्मेली टोलका बासिन्दामा झाडावान्ताबाट प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । झाडाबान्ता नियन्त्रणकालागि स्वास्थ्यकर्मीसहितको टोली प्रभावित प्रभावित क्षेत्रमा खटाइएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख हरि बहादुर केसीले जानकारी दिए ।

च्याउको तरकारी खाँदा एकैपरिवारका चारजना विरामी

यसैबीच जंगली च्याउ खाँदा सल्यान कजेरी ७ कौछेका एकै परिवारका चारजना विरामी भएका छन् । ४७ वर्षीया गौरी सुनार, उनकी बुहारी र दुई नाती विरामी परेका हुन् ।

उनीहरुको श्रीनगरमा उपचार भैरहेको छ । शनिबार बेलुका च्याउको तरकारी खाएको केही समयपछि नै टाउको दुख्ने, रिंगाटा लाग्ने जस्ता लक्षण देखिएपछि छिमेकीहरुले स्वास्थ्य संस्थामा पुर्याएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us