नदीमा बगेका ३ मध्ये एकजनाको शव भेटियो

काठमाण्डु टुडे २०७० भदौ १६ गते ५:३० मा प्रकाशित

बर्दिया, १६ भदौ– बर्दियाको बबई नदीमा डुबेर शनिबार बेपत्ता भएका तीनजना मध्ये एकजनाको शव आइतबार विहान फेला परेको छ । गुलरिया ४ बनकट्टीका २० बर्षीय सुजन रविदासको शव फेला परेको हो ।

सोही ठाउँका २० बर्षीय लक्ष्मीराज रविदास र २१ बर्षीय रामु रविदासको अवस्था भने अझै थाहा हुन सकेको छैन । उनीहरुको खोजीकार्य जारी रहेको बर्दियाले जनाएको छ । कृष्णाजन्मष्टमीको फूलपाती सेलाउन गएकोबेला उनीहरुलाई नदीले बगाएको थियो ।
अरिङ्गालले बालकको ज्यान लियो
यसैबीच बाजुराको तोली गाविस ६ का ११ बर्षीय भोवन साउदको अरिङ्गालले टोकेर मृत्यु भएको छ । बिहीबार बेतालमाण्डौ बजारबाट सामान लिएर घर फर्किंदै गर्दा अरिङ्गालले टोकेर विरामी भएका उनको गएराति उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको हो ।

हरिकेश साउदका जेठा छोरा भोवन जनशक्ति प्राथमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us