उम्मेदवार बन्न खनालको गृहजिल्लामा लडाईं

काठमाण्डु टुडे २०७० भदौ १६ गते ६:३१ मा प्रकाशित

Jhalanath-Khanalकाठमाडौं, १६ भदौ– नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको गृहजिल्ला इलाममा उम्मेदवार सिफारिसका विषयमा विवाद भएको छ । आकांक्षी धेरै भएपछि आफ्नै निर्बाचन क्षेत्रबाट खनाल सर्बसम्मत सिफारिस हुन सकेका छैनन् ।

प्रत्यक्षतर्फको उम्मेदवारमा सहमति हुन नसकेपछि इलाम क्षेत्र नम्बर १ बाट पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खनालसहित पाँचजनाको नाम केन्द्रीय कार्यालयमा सिफारिस भएको छ । खनालसहित काजीमान कागते, बीरबहादुर लाप्चा, खिनु लंग्वा र रत्न अधिकारीलाई क्षेत्रीय समितिले सिफारिस गरेको हो ।

क्षेत्र नम्बर २ बाट भने विघटित संविधासनसभाका अध्यक्ष सुभास नेम्वाङको नाम सर्बसम्मत रुपमा प्रत्येक्षतर्फको उम्मेदवारमा सिफारिस गरिएको छ ।

ईलाम क्षेत्र नम्बर ३ मा पनि उम्मेदवारका आकांक्षी धेरै देखिएका छन् । सहमति नजुटेपछि महेश बस्नेत, कृष्ण श्रेष्ठ, टेक बहादुर राई, पदम भण्डारी र भक्त केसीको नाम सिफारिस भएको एमाले स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us