मोहन वैद्य विदेशीको चंगुलमा फसे: प्रचण्ड

काठमाण्डु टुडे २०७० भदौ १५ गते १२:१९ मा प्रकाशित

काठमाण्डु, १५ भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूबाट अलग भएर मोहन वैद्य नेतृत्वमा Prachandaगठित नेकपा–माओवादी विदेशी शक्तिको गोटी बनेको आरोप लगाएका छन् ।
पार्टी सहायक संगठन योङ कम्युनिष्ट लिग वाइसीएलको एकताको प्रथम राष्ट्रिय महाधिवेशनको राजधानीमा शनिबार उद्घाटन गर्दै उनले संविधानसभा निर्वाचनको विरोध गर्नेहरु बाह्य शक्तिको चंगुलमा फसेको बताए । एउटै पार्टीमा हुँदै सँगै मिलेर स्थापित गरेको संविधानसभाको विरोध गरेर वैद्यले जनविरोधी काम गरिरहेको प्रचण्डको भनाइ छ । उनले संविधानसभा निर्वाचनका लागि दसौं हजारले दिएको बलिदान र हजारौं जनताको त्यागलाई बिर्सिएर वैद्य माओवादी त्यसको विरोधमा लाग्नु आश्चर्यको विषय भएको उनले बताए ।

‘हामीले २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट संविधानसभाको कार्यनीति पारित गर्दा देशमा जम्माजम्मी १७ सयले ज्यान गुमाएका थिए’, प्रचण्डले भने, ‘त्यसपछि २०६२/०६३ सम्म आइपुग्दा १५ हजार मानिस मरेका छन्, त्यसलाई हामीले बिर्सन मिल्छ ? ’ रुसमा लेनिनले आफ्नो भूमि नै जर्मनीलाई सुम्पिएर क्रान्तिका लागि वातावरण बनाउँदा विदेशी दलालको आरोप लगाइएको चर्चा गर्दै उनले आवश्यकताअनुसार अघिपछि र दायाँबायाँ गर्दा आफूहरुमाथि समेत गलत आरोप लागेको उल्लेख गरे ।

उनले वैद्य माओवादीलाई संकीर्ण, एकांकी, र जडसूत्रवादीको आरोप लगाए । ‘संकीर्ण, एकांकी र जडसूत्रवादीहरु विदेशीको इशारामा चल्छन्’, जनताको इच्छा, भावना र आकांक्षाविरुद्ध जाने दलाल हो ।’ उनले प्रतिक्रियावादी जाली फटाहाले संविधानसभा, गणतन्त्र, संघीयता, मर्धसिनरपेक्षता, समावेशी र समतामूलक समाज निर्माणको अभियानमा भाँजो हाल्न खोजिरहेकाले आफूहरुसँग आफ्नो पार्टीले शान्तिपूर्ण लडाईं लडिरहेको बताए । २००७ सालबाट अलपत्र परेको संविधानसभालाई आफूहरुले राष्ट्रिउ एजेण्डा बनाएको दाबी गर्दै प्रचण्डले  संविधानसभा निर्वाचनको विकल्प नरहेको दोहोर्‍याए ।

संविधानका अन्तरवस्तुमा सहमति खोज्ने नाममा विगतमा आफूहरुबाट गल्ती भएको स्वीकार्दै उनले अबको निर्वाचनपछि पाचौँ महिनासम्म सहमति प्रयास गर्ने र नभए छटौं महिनामा प्रक्रियणमा लगिने स्पष्ट गरे ।
अर्को एक फरक प्रसंगमा उनले सरकारमा रहेका बेला आफूहरुले जनपीक्षय काम गर्न खोज्दा भाँचो हालिएको बताए । आफ्नो बमहुत नभएका कारण एमाले जस्तो रुखमा चढाएर फेद ढाल्ने र मधेसी मोर्चाजस्तो टुप्पीदेखिे तालासम्म भ्रष्ट भएकासँग मिलेर सरकार गठन भएकाले पनि सोचेजति काम गर्न नसकिएको उनको तर्क छ । ‘बहुमतको सरकार नभएकाले कहिले एमालेजस्ता रुखमा चढाएर फेल ढाल्ने र मधेसी मोर्चाजस्तो टुप्पीदेखि पैतालासम्म बदनाम भएकाहरुसँग मिलेर सरकार बनाउनुपर्‍यो’, प्रचण्डले भने ।
कार्यक्रममा नेता बाबुराम भट्टराईले सबैभन्दा भ्रष्ट र राष्ट्रघातीहरुले आफूहरुमाथि भ्रष्ट र राष्ट्रघातीको आरोप लगाउनु अश्चर्यको विषय भएको बताए । ‘भंष्टाचारी प्रमाणित भएर जसका नेतालाई डिल्लीबजारको जेलमा उडुस र उपियाँले डसिरहेको छ, उसले हामीलाई भ्रष्टाचारी भन्छ । जसले सुगौलि सन्धियता नै विदेशीको इशारामा नाच्न काम गर्‍यो तिनै पञ्च, मण्डलेहरु आज हामीबाटै राष्ट्रियता कमजोर भएको भ्रम फैलाउँदै हिँडेका छन्,’ भट्टरराईले भने । उनले आफूहरु सधैं मण्डले राष्ट्रवादको विरोध र प्रगतिशील राष्ट्रवादको पक्षमा रहेको बताए । उनले आगामी संविधानसभा निवाृचनमा आफ्नो पार्टीको बहुमत आए जनताको पक्षमा संविधान बन्ने दाबी गरे ।

कार्यक्रममा अर्का नेता नारायणकाजी श्रेष्ठले  आफ्नो पार्टीलाई बहुमत दिन मतदातालाई अपिल गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us