
काठमाण्डु, १६ भदौ– एकीकृत नेकपा माओवादीको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)को प्रथम राष्ट्रिय अधिवेशन अन्तरगत आइतबारबाट बन्दसत्र शुरु भएको छ । काठमाण्डुको कमलादीस्थित प्रज्ञाभवनमा जारी बन्दसत्रमा संयोजक गणेशमान पुनको राजनीतिक प्रस्तावमा समूहगत छलफल भैरहेको छ ।
उत्पादन तथा निर्माण कार्ययोजनासहित तयार पारिएको प्रस्तावमा छलफल गर्न सहभागीहरुलाई १४ समूहमा विभाजन गरिएको छ ।
सम्मेलनले संविधानसभा निर्वाचनमा संगठनको भुमिका, भावि कार्यदिशा, उत्पादन र व्यवस्थापनका लागि ठोस कार्ययोजना तय गर्ने वाइसीएलले जनाएको छ । देशभरबाट करिब दुई हजार २ सय प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहेको बन्दसत्र नयाँ नेतृत्व चयन गर्दै मंगलबार सकिने छ ।