भ्रष्टाचारी ठहर जोशी पनि काँग्रेसको उम्मेदवार !

काठमाण्डु टुडे २०७० भदौ १६ गते ८:०१ मा प्रकाशित

Gobind-Raj-Joshiकाठमाण्डु, १६ भदौ–आगामी संविधानसभा निर्बाचनको उम्मेदवार छनौटको विषयमा नेपाली काँग्रेसमा विवाद भएको छ । उम्मेदवार छनौटमा सहमति नजुटेपछि एउटा निर्बाचन क्षेत्रबाट १० जनासम्मको नामावली सिफारिस भएर केन्द्रीय कार्यालय सानेपामा आएका छन् ।

दुईवटा निर्बाचन क्षेत्र रहेको अछामबाट २० जना उम्मेदवारको नामावली केन्द्रमा आएको छ । अछाम–१ बाट मेगराज खड्का, बलबहादुर कुँबर, टीकाराम खनाल, ध्वजबहादुर कुँबर, भरतकुमार स्वाँर, नैनसिंह केसी, धर्मराज न्यौपाने, मोतीसिंह तिरुवा र अर्जुन ताम्राकारलाई सिफारिस गरिएको छ ।

यसैगरी अछाम क्षेत्र नम्बर २ बाट देवराज देवकोटा, गणेश विष्ट, पुष्पबहादुर शाह, मानबहादुर रावल, रामबहादुर विष्ट, अक्कलबहादुर विष्ट, यज्ञ ढकाल, पत्रकार वेदप्रकाश तिमिल्सिना, दिलबहादुर धामी लगायतको नाम सिफारिस गरेको काँग्रेस अछामका सभापति पुष्प शाहले जानकारी दिए ।

उम्मेदवारका लागि दरखास्त आह्वान
यसैबीच नेपाली काँग्रेस तनहुँले आगामी चुनावमा उम्मेदवार हुन इच्छुककालागि दरखास्त आह्वान गरेको छ । दरखास्त मागसँगै उपसभापति रामचन्द्र पौडेलले क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवारीका लागि दरखास्त दिभएका छन् । क्षेत्र नम्बर २ बाटै प्रत्यक्षतर्फ जिल्ला सभापति ध्रुव वाग्ले, पूर्व जिविस सभापति रामचन्द्र पोख्रेल र पूर्ण गुरुङले दर्खास्त दर्ता गराएका छन् ।

त्यस्तै क्षेत्र नम्बर १ बाट भ्रष्टाचारी ठहर पूर्वमन्त्री गोविन्दराज जोशीले पनि उम्मेदवारीकालागि दरखास्त दिएका छन् । उनलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us