एमालेमा वैद्य माओवादीको मागमा लचिलो हुन सुझाव

काठमाण्डु टुडे २०७० भदौ १६ गते ६:२७ मा प्रकाशित

CPN-UMLकाठमाण्डु, १७ भदौ  नेकपा एमालेले आगामी निर्वाचनमा समानुपातिकतर्फ पार्टीका विभिन्न विभाग र जनवर्गीय संगठनबाट ३–३ जनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
मुख्यालय बल्खुमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकले २० वटा विभाग र २० वटै जनवर्गीय संगठनबाट तीन–तीन जनाका दरले एक सय २० जनाको नाम समानुपातिक तर्फको कोटाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
यसैगरी हरेक निर्वाचन क्षेत्रबाट दुईदुई जना उम्मेदवारको नाम सिफारिस गर्न दिइएको निर्देशन उ्रल्ट्याउँदै पाँचपाँच जनाको नाम सिफारिस पठाउन क्षेत्रीय समितिलाई निर्देशन दिएको नेता रघुजी पन्तले जानकारी दिए ।
बैठकमा सदस्यहरुले चुनावी घोषणापत्रमा जनसरोकारका विषयलाई प्राथमिकता दिन सुझाव दिएका थिए । सबै असन्तुष्ट दललाई चुनावमा सहभागी गराउन मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिन र उच्चस्तरीय राजनीतिक समिति पुनर्गठन गर्न पनि तयार हुनसमेत उनीहरुले सुझाव दिएका छन् । उनीहरुले निर्वाचनलाई प्रभावित पार्ने गरी सरकार विघटन लगायतका विषयमा भने सम्झौता नगर्न नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us