चौकी आक्रमण गर्ने प्रहरी जवानसहित चारजना पक्राउ

काठमाण्डु टुडे २०७० भदौ १६ गते ६:४३ मा प्रकाशित

काठमाण्डु, १६ भदौ– उदयपुरको साउने बजारस्थित प्रहरी चौकी आक्रमण गर्न गएका एक प्रहरी जवान सहित चारजनालाई प्रहरीले आइतबार विहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदपयुरको त्रियुगा नगरपालिका १ का प्रहरी जवान समिन राई, सोही ठाउँका दीपक राई, त्रियुगा नगरपालिका २ का सरोज खड्का र सदीप खतिवडा पक्राउ परेका हुन् ।

सप्तरीको अस्थायी प्रहरी चौकी लक्ष्मीपुरमा कार्यरत प्रहरी जवान समिन राई घर विदामा थिए ।

दुईसाताअघि आफूलाई पक्राउ गरी कारबाही चलाएको भन्दै दीपक राई नेतृत्वको समूह दुईवटा मोटरसाइकल चढेर प्रहरी चौकी आक्रमण गर्न साउने बजार गएका थिए । उनीहरुले चौकीमा आक्रमण गरेकोले पक्राउ गरेर आवश्यक कारबाही शुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us