फुजेल घटना उचालेर शान्तिप्रक्रिया भाँड्न खोजियो: माओवादी

काठमाण्डु टुडे २०७० भदौ १५ गते १०:५० मा प्रकाशित

काठमाण्डु, १५ भदौ– एकीकृत माओवादीले द्वन्द्वकालीन मुद्धा उचालेर संविधानसभा निर्वाचन बिथोल्ने षड्यन्त्र भइरहेको बताएको छ ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता अग्नि सापकोटाले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको घटनालाई नाटकीय ढंगले प्रचारमा ल्याइएको बताए । जनयुद्धकालीन सबै घटनालाई राजनीतिकरण गरी ब्युउताउँदै गए शान्ति प्रक्रिया धरापमा पर्ने भनाइ उनको छ ।

agni sapkota उनले द्वन्द्वकालीन घटनाको निरुपण सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत गरिनेपर्नेमा जोड दिए । आफ्ना कान्छा छोरा कृष्णप्रसादको हत्यारामाथि कारबाही गरिनुपर्ने माग गर्दै  आमा गङगामाया अधिकारी र बाबु नन्दप्रसाद अधिकारी वीर अस्पतालमा अनसन बसेका थिए । उनीहरुको अवस्था नाजुक भएपछि अस्पतालको सघन कक्षमा राखेर उपचार  गराइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us