दुर्घटनामा एकजनाको मृत्यु

काठमाण्डु टुडे २०७० भदौ १७ गते ४:३७ मा प्रकाशित

सिराहा, १७ भदौ- सिराहाको धनगढीमा मोटरसाईकलको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० बर्षीया भालसेरा यादव रहेकी छन् ।

स ३ प १५९६ नम्बरको मोटरसाईकलको ठक्करबाट घाइते भएकी यादवको उपचारकालागि न्युरो अस्पताल विराटनगर लैजाँदै गर्दा गएराती बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच मकवानपुरको हेटौडा नगरपालिका–६ चौघडामा चट्याङ लागेर स्थानीय १६ वर्षीय सन्दीप बयलकोटीको मृत्यु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us