समाचार

पहिरोले मादी हाइड्रो पावरका प्राविधिक पुरिए

२०७० भदौ २० गते ६:५०

पोखरा, २० भदौ– कास्कीको सिल्दजुरे गाविसमा निर्माणाधिन माथिल्लो मादी हाइड्रो पावरमा पहिरो जाँदा इलेक्ट्रिसियन पदमा कार्यरत एक प्राविधिक पुरिएका छन् । कास्की इन्द्रपोखरीका ३५ बर्षीय सुकदेव भट्टराई पुरिएका हुन् । ...

राष्ट्रपतिबाट १३६ सुशोभित (फोटो फिचर सहित)

२०७० भदौ २० गते ६:३१

काठमाण्डु, २० भदौ - राष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवस, २०७० का अवसरमा घोषित विभिन्न मानपदवीबाट विहीबार १३६ जनालाई मानपदवी तथा विभुषण वितरण गरेका छन् । सुशोभित हुनेमा राष्ट्रसेवक, विशिष्ट व्यक्तित्व, समाजेवी, कलाकारलगायत छन् ।...

माइक्रो र ट्रक ठोक्किँदा सात घाइते, दुईको अवस्था गम्भीर

२०७० भदौ २० गते ५:०२

रत्ननगर, २० भदौ–चितवनको कुरिनटारमा विहीबार बिहान माइक्रो बस र ट्रक आपसमा ठोक्किदा सातजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।...

आज मानव बेचविखनविरुद्धको दिवस

२०७० भदौ २० गते ४:३६

काठमाण्डु, २० भदौ – ‘हाम्रो गन्तब्य, मानव बेचबिखनको अन्त्य’ भन्ने मूल नाराका साथ मानव बेचविखनविरुद्धको सातौं राष्ट्रिय दिवस विहीबार बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको संयोजकत्वमा राष्ट्रिय महिला आयोग, माइती नेपाल लगायत संघसंस्थाले काठमाडौंको राष्ट्रिय सभागृहबाट विहान जनचेतना मूलक...

आज मोती जयन्ती

२०७० भदौ २० गते ४:३२

काठमाण्डु, २० भदौ – राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १ सय ४० औं जन्मजयन्ती विहीबार देशभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ । विक्रम सम्वत् १९२३ साल भाद्र कृष्ण कुशे औंसीका दिन जन्मेर १९५३ साल भाद्र कृष्ण कुशे औंसीकै दिन ३० वर्षको उमेरमा उनको...

आज कुशेऔंसी अर्थात् बाबुको मुख हेर्ने दिन

२०७० भदौ २० गते ४:२७

काठमाण्डु, २० भदौ – आज कुशेऔंसी अर्थात् बाबुको मुख हेर्ने दिन । आजै हिन्दू धर्मावलम्बीहरू वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याउँदैछन् । गोकर्णे औँसीका नामले पनि चिनिने यो पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई सम्मान प्रकट...

सात पूर्वप्रधानमन्त्री एकैठाउँ भेला

२०७० भदौ २० गते ४:१८

पर्सा, २० भदौ– आर्थिक क्रान्तिको मार्गचित्र तयार पार्न पर्साको वीरगन्जमा विहीबार ‘नेपाल लीडरशीप समिट’ आयोजना हुँदै छ । वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा नेपालका सातजना पूर्वप्रधानमन्त्री तथा शीर्ष नेताहरु पनि सहभागी हुँदैछन् । वीरगन्जको जैन तेरापन्थ भवनमा दिउँसो हुने कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल...

संबिधानसभा सदस्य फेरी ६०१ नै !

२०७० भदौ १९ गते १५:५६

काण्डमाण्डु १९ भदौ–उच्चस्तरिय राजनीतिक समिति र संघीय समाजवादी पार्टी वीच बुधवार भएको वार्ता ६०१ सदस्यीय संबिधानसभा बनाउन समझदारी नजिक पुगेको छ । मुलुकको अर्थतन्त्रलाई धरासायी बनाउन जम्बो संबिधानसभा पनि जिम्मेवार रहेको आरोप लागेपछि उच्चस्तरिय राजनीतिक समितिमा आबद्ध प्रमुख चार दलले संबिधानसभा संख्या घटाउने प्रयास...

लोकमानविरुद्धका रिटलाई अग्राधिकार

२०७० भदौ १९ गते ९:५९

काठमाण्डु, १९ भदौ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध परेका दुईवटा रिटलाई सर्बोच्च अदालतले प्राथमिकता दिदै एकैसाथ हेर्ने भएको छ । कार्कीलाई अख्तियार प्रमुखमा सिफारिस गर्ने उच्चस्तरीय समितिको निर्णयविरुद्ध गत चैत ७ गते र सिफारिसको आधारमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध बैशाख २९ गते अधिवक्ता...

सात पूर्वप्रधानमन्त्री वीरगन्जमा

२०७० भदौ १९ गते ९:३४

काठमाण्डु, १९ भदौ– बिभिन्न समयमा देश हाँकेका नेपालका सातजना पूर्वप्रधानमन्त्रीहरु पर्साको वीरगन्जमा भेला हुँदैछन् । काठमाडौं उपत्यकाबाहिर यतिधेरै पूर्वप्रधानमन्त्रीहरु एकैठाउँ भेला हुन लागेको सम्भवतः यो पहिलोपटक हो ।...

सभासद बन्न खोज्दै ‘व्यवसायिक’ पत्रकार

२०७० भदौ १९ गते ९:१०

काठमाण्डु १९ भदौ–अरुलाई व्यवसायिक पत्रकारिताको पाठ सिकाउनेहरुले फरक फरक राजनीतिक दलबाट संबिधानसभा सदस्यका लागि आफनो नाम सिफारिस गराएका छन । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीले बर्तमान अध्यक्ष राजेन्द्र अर्याल,सल्लाहकार शम्भु श्रेष्ठ, निवर्तमान अध्यक्ष गगन बिष्ट, अग्रज पत्रकारद्धय गोपाल थपलिया र कौशल चेम्जोङलाई...

सोलु कांग्रेसबाट दुई थरि नाम सिफारिस

२०७० भदौ १९ गते ८:३५

सल्लेरी, १९ भदौ– नेपाली कांग्रेस सोलुखुम्बुमा उम्मेदवार सिफारिसमा चरम विवाद भएपछि दुई वटा अलग अलग नाम सिफारिस गरि केन्द्रमा पठाइएको छ । केन्द्रीय सदस्य बलबहादुर केसीको नाम सभापति आङगेलु शेर्पा पक्षले सिफारिस नगरेपछि जिल्ला सचिव भोजराज कार्की पक्षले बुधवार अर्को उमेदवारको नामावली केन्द्रमा पठाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us