राष्ट्रपतिबाट १३६ सुशोभित (फोटो फिचर सहित)

काठमाण्डु टुडे २०७० भदौ २० गते ६:३१ मा प्रकाशित

Kiran-Manandharकाठमाण्डु, २० भदौ – राष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवस, २०७० का अवसरमा घोषित विभिन्न मानपदवीबाट विहीबार १३६ जनालाई मानपदवी तथा विभुषण वितरण गरेका छन् । सुशोभित हुनेमा राष्ट्रसेवक, विशिष्ट व्यक्तित्व, समाजेवी, कलाकारलगायत छन् ।

Kosh-Raj-Ontaराष्ट्रपति भवन शीतल निवासमा विहान आयोजित समारोहमा ‘सुकीर्तिमय राष्ट्रपदीय’ बाट चार, ‘सुप्रबल जनसेवाश्री’ बाट ५२, ‘प्रबल जनसेवाश्री’ बाट ६४ र ‘जनसेवाश्री’ बाट १६ जनालाई सुशोभित भए । ‘सुकीर्तिमय राष्ट्रपदीय’बाट सुशोभित हुनेमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति किरण मानन्धर, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति प्रचण्ड मल्ल, प्रधानसेनापति गौरवशम्शेर जबरा र नेपाल राष्ट्र बै‌कका गभर्नर डा. युवराज खतिवडा रहेका छन् । यस्तै वयोवृद्ध स्वामी चेतानन्द गिरी, नायक राजेश हमाल, समाजसेवी पुष्पाबस्नेत लगायतलाई पनि विभूषित गरिएको छ । समारोहमा उपस्थित हुन नसकेकाहरुलाई पछि गृह मन्त्रालयबाट पदवी उपलब्ध गराइनेछ ।

Yubraj-Khatiwadaगत जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा १५६ जनालाई विभूषित गर्ने घोषणा गरिएको थियो । समारोहमा उपराष्ट्रपति परमानन्द झा, मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु र उच्चपदस्थ अधिकृतको उपस्थिति थियो ।

afdasw

dd

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us