काठमाण्डू, २१ जेठ– रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा एक महिला र दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्सपेक्टर कृष्ण श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘घटनास्थलमा गएको हाम्रो टोलीले एक महिला र दुई पुरुषको मृत्यु भएको जानकारी दिएको छ, उनीहरुको सनाखत हुन बाँकी छ, ‘गाडी नम्बर पनि खुलेको छैन ।’ पिकअप गाडी सडकबाट करिब ४–५ सय मिटर तल खसेको पनि उनले जानकारी दिए ।
गाडी दुर्घटनाको खबर प्रहरीले आज बिहान ९ बजेतिर पाएको थियो । इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली खटिएको छ ।