आज मोती जयन्ती

काठमाण्डु टुडे २०७० भदौ २० गते ४:३२ मा प्रकाशित

Moti-Ram-Bhattaकाठमाण्डु, २० भदौ – राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १ सय ४० औं जन्मजयन्ती विहीबार देशभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

विक्रम सम्वत् १९२३ साल भाद्र कृष्ण कुशे औंसीका दिन जन्मेर १९५३ साल भाद्र कृष्ण कुशे औंसीकै दिन ३० वर्षको उमेरमा उनको निधन भएको थियो ।

भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याएका छन् । नेपाली साहित्यको श्रृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले नै गजल विधा र गद्य कवितालाई भित्राएको मानिन्छ । उनैले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us