काठमाण्डु २१ भदौ–राष्ट्रिय जनमुक्ति पार्टीले आगामी संबिधानसभा निर्वाचनमा आफनो पार्टीले आठ लाख मत प्राप्त गर्ने आँकलन गरेको छ । ललितपुरमा शुक्रवार सकिएको केन्द्रीय समितिको बिस्तारित बैठकले प्रत्यक्षतर्फ दुई सय भन्दा बढी क्षेत्रमा उम्मेद्वारी दिन सकिने,२५ सीटमा अग्र स्थानमा रहने,अन्य ३५ सीटमा प्रतिस्पर्धात्मक अवस्था रहने,समानुपातिकतर्फ...
राजविराज, २१ भदौ– सप्तरीका एक व्यक्तिले रक्सी खाने पैसा जुटाउन आफ्नो पाँच महिने छोरो छिमेकीलाई बेचेका छन् । शिशु किन्ने र बेच्ने दुवै पक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
काठमाण्डु, २१ भदौ– प्रधानसेनापति गौरवशमशेर राणा साताव्यापी भ्रमणका सिलसिलामा आज बेलायत प्रस्थान गरेका छन् । काठमाण्डु, २१ भदौ– प्रधानसेनापति गौरवशमशेर राणा साताव्यापी भ्रमणका सिलसिलामा आज बेलायत प्रस्थान गरेका छन् । बेलायती सेनाध्यक्ष सर पिटर वालको निम्तामा राणा त्यसतर्फ लागेका हुन् । राणाको भ्रमण द्विपक्षीय...
विराटनगर, २० भदौ– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले दुई माओवादी फुटेको भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् । निर्वाचनविरुद्ध विराटनगरमा बिहीबार भएको लाठी जुलुसलाई सम्बोधन गर्दै उनले माओवादी नफुटेको दाबी गरे । उनले माओवादी एक हुने अवस्थामा पुग्न लागेको खुलासासमेत गरे...
काठमाण्डु, २० भदौ–एकीकृत माओवादीले १५ जना विद्यार्थी नेतालाई संविधानसभा सदस्यको उम्मेद्वारका लागि सिफारिस गरेको छ । अखिल क्रान्तिकारीले बिहीबार काठमाण्डुमा पत्रकार सम्मेलन गरी आफनो संगठनबाट उम्मेदवार सिफारिस भएका नेताहरुको सूची सार्वजनिक गरेको हो । अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा काठमाण्डु–६ र बाग्लुङ्ग २ बाट...
काठमाण्डु २० भदौ– मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चामा चुनावी तालमेलका लागि गृहकार्य शुरु गरेका छन । उपेन्द्र यादवले आफ्नै मोर्चालाई सक्रिय बनाएर अगाडि बढाउन लागेको मोर्चाका एकघटक राष्ट्रिय मधेश समाजवादीका अध्यक्ष शरत्सिह भण्डारीले बताए । एकातिर महन्थ...
वीरगन्ज, २० भदौ– एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संविधानसभा निर्वाचनमार्फत् राजनीतिक परिवर्तनलाई संस्थागत गरिने बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले विहीबार गरेको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न पनि संविधानसभा निर्वाचन आवश्यक रहेको बताए । राजनीतिक परिवर्तनका लागि मुलुकले लामो समय खर्च...
काठमाण्डु, २० भदौ – सिंहदरवार अगाडी धर्ना दिन खोज्दा अस्थायी शिक्षकहरुलाई प्रहरीले हस्तक्षेप गरेको छ । हस्तक्षेपका कारण अस्थायी शिक्षक संघर्ष समितिका सचिव नारायण गौतमलगायत आधा दर्जन शिक्षक घाइते भएका छन् ।...
काठमाण्डु, २० भदौ– एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न नहुँदासम्म जनयुद्ध र जनआन्दोलनका सहिद परिवारले उचित क्षतिपूर्ति पाउन नसक्ने बताएका छन् ।...
काठमाण्डु, २० साउन– प्रधानसेनापति गौरव शमसेर जवरा साताव्यापी भ्रमणकालागि शुक्रबार बेलायत जाँदैछन् । सेनाध्यक्ष सर पीटर वालको औपचारिक निमन्त्रणामा जबरा नेतृत्वको ३ सदस्यीय टोली बेलायत जान लागेको हो ।...
सिरहा, २० भदौ– पूर्वपश्चिम हुलाकी सडकको सिरहास्थित औरही खण्ड गागन नदीको बाढीले भत्काएपछि २७ गाविस सदरमुकामबाट सम्पर्कबिच्छेद भएको छ । ...
काठमाण्डु २० भदौ – नेकपा–माओवादी उपाध्यक्ष सीपी गजुरेलले संबैधानिक ब्यवस्था विनाको गोलमेच सम्मेलन आफूहरुलाई स्विकार्य नहुने स्पष्ट पारेका छन् । सेना प्रयोग गरेर जवरजस्ती निर्वाचन गर्न खोजे मुलुकमा निर्वाचन भन्दा पनि द्वन्द्व हुने उनले चेतावनी दिए ।...