चुनावबाटै परिवर्तन संस्थागत गरिन्छ : प्रचण्ड

काठमाण्डु टुडे २०७० भदौ २० गते ११:२६ मा प्रकाशित

prachandaवीरगन्ज, २० भदौ– एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संविधानसभा निर्वाचनमार्फत् राजनीतिक परिवर्तनलाई संस्थागत गरिने बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले विहीबार गरेको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न पनि संविधानसभा निर्वाचन आवश्यक रहेको बताए ।

राजनीतिक परिवर्तनका लागि मुलुकले लामो समय खर्च गरेको चर्चा गर्दै उनले इतिहासको आवश्यकताअनुसार नै त्यसो गरिएको जिकिर गरे । राजनीतिक परिवर्तन बिना कुनै पनि देशको विकास सम्भव नभएको भन्दै अध्यक्ष प्रचण्डले माओवादी जनविद्रोहले सामन्ति राजतन्त्र अन्त्य गर्दै ठूलो राजनीतिक परिवर्तन ल्याएको धारणा राखे ।

कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पहिलो संविधानसभाका गल्ति कमजोरी सञ्चाएर संविधानसभाबाटै नया“ संविधान निर्माण गर्न सबै लाग्नुपर्ने धारणा राखे ।

यस्तै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभा निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्न सबै क्षेत्रका व्यक्तिहरूलाई गम्भीरता पूर्वक लाग्न आग्रह गरे । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दलले ध्यान दिनुपर्ने उनको धारणा थियो ।

आर्थिक क्रान्तिको मार्गचित्रः भिजन २०८० नाराका साथ सुरु भएको लिडरसिप समिटमा सहभागी हुन उनीहरु वीरगन्ज पुगेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us