काठमाण्डु, १९ भदौ – मेडिकल काउन्सिलको उपाध्यक्षमा डा.एई अन्सारी विजयी भएका छन् । डा. चन्दा कार्कीलाई ७९ मतले पछि पार्दै अन्सारी उपाध्यक्ष पदमा विजयी भएका हुन् । काउन्सिलको अध्यक्ष भने सरकारले नियुक्त गर्ने प्रावधान छ ।...
काठमाण्डु, १९ भदौ । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले देशलाई संक्रमणकालबाट मुक्त गर्न स्थायी सरकार हुनुपर्नेमा जोड दिएका छन् । राजनीतिक अस्थीरता र सरकार फेरबदलको श्रृङ्खलाले देश संक्रमणकालबाट मुक्त हुन नसकेको उनको भनाई छ ।...
काठमाण्डु, १९ भदौ – छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही माग गर्दै ४५ दिनदेखि भोक हड्ताल जारी राखेका गोरखा फुजेल गाविस ७ का अधिकारी दम्पत्तिले खाना खान अस्वीकार गरेका छन् । सर्बोच्चको आदेशअनुसार अधिकारी दम्पत्तिलाई खाना खुवाएर अनशन तोडाउने सरकारी प्रयास असफल भएको छ ।...
नेपालगन्ज, १९ भदौ–बाँकेको होलिया गाविसस्थित डुडुवा नालामा बुधबार विहान डुङ्गा दुर्घटना हुँदा एक महिला बेपत्ता भएकी छन् । २१ जनाको सकुशल उद्धार गरिएको छ । जंगलमा घाँस काटेर घर फर्किने क्रममा विहान ११ बजे डुङ्गा अनियन्त्रित भइ पल्टिदा होलिया गाविस ८ की लिलौ खटिककी...
काठमाण्डु १९ भदौ–एकीकृत माओवादीको सहयोगी संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले जम्बो केन्द्रीय समिति बनाउन लागेको छ । गणेशमान पुनलाई अध्यक्ष निर्वाचित गर्दै सकिएको एकताको प्रथम अधिवेशनले तीन सय ८९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गराउन लागेको छ । अध्यक्ष बाहेक अन्य पदाधिकारी बुधवारको केन्द्रीय समितिबाट...
काठमाण्डु, १९ भदौ–चुनावी प्रकृयाप्रति असन्तुष्टि जनाउँदै आएको संघीय समाजवादी पार्टी पनि चुनावमा सहभागी हुने भएको छ । संविधानसभा सदस्य संख्या ६ सय १ पुर्याउन प्रमुख दल सैद्धान्तिकरुपमा सहमति भएपछि अशोक राई नेतृत्वको पार्टी चुनावमा सहभागी हुने भएको हो ।...
काठमाण्डु, १९ भदौ – मानव बेचबिखनविरुद्धको दिवसको सन्दर्भमा माइती नेपालले बुभबार काठमाण्डुमा बृहत् मानव साङ्लो प्रदर्शन गरेको छ । प्रत्येक वर्ष भदौ २० गतेका दिन नेपालले मानव बेचबिखनविरुद्धको दिवस मनाउँदै आएको छ । त्यसै सन्दर्भमा माइती नेपालले चक्रपथ क्षेत्रमा मानव साङ्लो निकालेको हो ।...
बर्दिया, १९ भदौ–बर्दियाका गाविस सचिवहरुले सम्पूर्ण कामकाज बन्द गरेका छन् । गाविस सचिव हकहित संरक्षण केन्द्रको आह्वानमा बुधबारदेखि काम बन्द गरेपछि सेवाग्राही मर्कामा परेका छन् । रोल्पा र इलाममा झुटो विवरण पेश गरेर नागरिकता लिएको विषयमा गाविस सचिवहरुविरुद्ध कारबाही प्रकृया अघि बढाइएको विरोधमा संरक्षण...
महोत्तरी, १९ भदौ । पछिल्लो समय महिला बलात्कारका घटना बढेका छन् । पानी पँधेरो जाँदा, दाउरा घाँस गर्दा वा घर भित्रै पनि महिला तथा बालबालिका बलात्कारका शिकार भएका छन् । यस्तै घटना भएको छ महोत्तरीमा । ...
चितवन, १९ भदौ – चितवनको देवघाटस्थित नारायणी नदीमा डुबेर बुधबार विहान एक वृद्ध बेपत्ता भएका छन् । बिहान ७ बजे नुहाउन नारायणी नदीमा गएका देवघाटस्थित गोर्खाली वृद्धाश्रममा बस्ने ७५ वर्षीय थानेश्वर बञ्जाडे बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । अर्घाखाँची अर्गौली–७ स्थायी घर भएका...
काठमाण्डु, १८ भदौ– सर्वोच्च अदालतले आफ्ना छोरा हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनसन बसेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी दम्पत्तिलाई बल प्रयोग गरेर खाना खुवाउन आदेश दिएको छ । सर्वोच्चले उनीहरुको जीवन रक्षाका लागि जबर्जस्ती खाना खुवाउन न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले...
काठमाण्डु, १८ भदौ । युवा नेता गगन थापाको नाम आसन्न संविधानसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर–४ बाट प्रत्यक्षतर्फ १ नम्बरमा सिफारिस भएकामा काँग्रेसमा विवाद भएको छ । क्षेत्रीय समितिको बैठकबिनै सभापति न्हुच्छेमान डंगोलले आफूखुसी गगनको नाम १ नम्बरमा राखेर पठाएको भन्दै त्यस क्षेत्रका काँग्रेस नेता...