नारायणीमा डुबेर वृद्ध बेपत्ता

काठमाण्डु टुडे २०७० भदौ १९ गते ४:२८ मा प्रकाशित

चितवन, १९ भदौ – चितवनको देवघाटस्थित नारायणी नदीमा डुबेर बुधबार विहान एक वृद्ध बेपत्ता भएका छन् । बिहान ७ बजे नुहाउन नारायणी नदीमा गएका देवघाटस्थित गोर्खाली वृद्धाश्रममा बस्ने ७५ वर्षीय थानेश्वर बञ्जाडे बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ ।

अर्घाखाँची अर्गौली–७ स्थायी घर भएका बञ्जाडे चितवन देवघाटको वृद्धाश्रममा बस्दै आएका थिए । उनी बेपत्ता भएलगत्तै देवघाट र वडा प्रहरी कार्यालय चितवनको प्रहरी टोली खोजीमा खटिएको जिल्ला प्रहरी कर्यालय चितवनले जनाएको छ ।

यसैबीच बाराको जीतपुरमा ट्रक र टाटासुमो आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । अन्य  ८ जना घाइते भएका छन् । लु १ ख ४८३८ नम्बरको ट्रक र बिआर शून्य ६ जी ५९६९ नम्बरको टाटा सुमो गएराती ठोक्किदा सुमोमा सवार भारत रक्सौलका ललितकुमार अग्रवालको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको अहिले नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्ज र नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us