मेडिकल काउन्सिलको उपाध्यक्षमा अन्सारी

काठमाण्डु टुडे २०७० भदौ १९ गते ८:१९ मा प्रकाशित

Ansariकाठमाण्डु, १९ भदौ – मेडिकल काउन्सिलको उपाध्यक्षमा डा.एई अन्सारी विजयी भएका छन् । डा. चन्दा कार्कीलाई ७९ मतले पछि पार्दै अन्सारी उपाध्यक्ष पदमा विजयी भएका हुन् । अन्सारीले एक हजार ६ सय ३१ र कार्कीले एक हजार ५ सय ५२ मत पाएका छन् ।

काउन्सिलको सदस्यहरुमा डा. अंकुर शाह, रोशन पिया, गणेश गुरुङ, मनोहर प्रधान, शतिस देव, शिवजी पौडेल, कुलदीप गोइत र विश्वराज दुवाडी विजयी भएका छन् । उनीहरुले आगामी साता कार्यभार सम्हाल्ने छन् ।

एक उपाध्यक्ष पदकालागि ६ जना र ८ सदस्य पदकालागि ४१ जना चुनावी मैदानमा थिए । काठमाण्डु उपत्यकामा यही भदौ १४ गते र उपत्यकाबाहिर भदौ १० गते मतदान भएको थियो ।

काउन्सिलको अध्यक्ष भने सरकारले नियुक्त गर्ने प्रावधान छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us