माइतीको मानव साङ्लो

काठमाण्डु टुडे २०७० भदौ १९ गते ६:३५ मा प्रकाशित

काठमाण्डु, १९ भदौ – मानव बेचबिखनविरुद्धको दिवसको सन्दर्भमा माइती नेपालले बुभबार काठमाण्डुमा बृहत् मानव साङ्लो प्रदर्शन गरेको छ । प्रत्येक वर्ष भदौ २० गतेका दिन नेपालले मानव बेचबिखनविरुद्धको दिवस मनाउँदै आएको छ । त्यसै सन्दर्भमा माइती नेपालले चक्रपथ क्षेत्रमा मानव साङ्लो निकालेको हो ।

चक्रपथ क्षेत्रमा रहेका शिक्षण संस्था, सामाजिक संघसंस्था, सुरक्षा निकायसँग आबद्ध व्यक्ति, विद्यार्थी र सर्वसाधारणले लामबद्ध भई एकअर्काको हात समाई मानव बेचबिखनजस्तो जघन्य अपराधविरुद्ध ऐक्यबद्धता जनाएको माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले जानकारी दिइन् ।

नेपालबाट प्रतिवर्ष १२ हजारभन्दा बढी यौन तथा श्रम शोषणका लागि मानव बेचबिखन हुने गरेको माइती नेपालको तथ्याङ्क छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us