अधिकारी दम्पत्तिलाई बल प्रयोग गरेर खाना खुवाउन आदेश

काठमाण्डु टुडे २०७० भदौ १८ गते १३:१६ मा प्रकाशित

काठमाण्डु, १८ भदौ– सर्वोच्च अदालतले आफ्ना छोरा हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनसन बसेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी दम्पत्तिलाई बल प्रयोग गरेर खाना खुवाउन आदेश दिएको छ ।
सर्वोच्चले उनीहरुको जीवन रक्षाका लागि जबर्जस्ती खाना खुवाउन न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले जबरजस्ती खाना खुवाउन मंगलबार आदेश दिएको हो । उनीहरुको जीवन रक्षाको माग गर्दै कानुन व्यवसायी राजाराम शिवाकोटीले सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरु छोरा कृष्णप्रसाद हत्यामा संलग्नलाई कारबाही माग गर्दै एक महिनायता अनसनमा छन् । सर्वोच्चले हत्याबारेको अनुसन्धान विवरण तत्काल सार्वजनिक गर्नसमेत सरकारका नाममा आदेश दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us