डुङ्गा दुर्घटनामा महिला वेपत्ता

काठमाण्डु टुडे २०७० भदौ १९ गते ६:५८ मा प्रकाशित

नेपालगन्ज, १९ भदौ–बाँकेको होलिया गाविसस्थित डुडुवा नालामा बुधबार विहान डुङ्गा दुर्घटना हुँदा एक महिला बेपत्ता भएकी छन् । २१ जनाको सकुशल उद्धार गरिएको छ ।

जंगलमा घाँस काटेर घर फर्किने क्रममा विहान ११ बजे डुङ्गा अनियन्त्रित भइ पल्टिदा होलिया गाविस ८ की लिलौ खटिककी पत्नी वेपत्ता भएकी हुन् । उनको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उद्धारकालागि प्रहरी, स्थानीयबासी र रेडक्रसको टोली परिचालन गरिएको छ ।

क्षमता भन्दा बढी चढेकाले डुङ्गा पल्टिएको अनुमान गरिएको छ । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us