
बर्दिया, १९ भदौ–बर्दियाका गाविस सचिवहरुले सम्पूर्ण कामकाज बन्द गरेका छन् । गाविस सचिव हकहित संरक्षण केन्द्रको आह्वानमा बुधबारदेखि काम बन्द गरेपछि सेवाग्राही मर्कामा परेका छन् ।
रोल्पा र इलाममा झुटो विवरण पेश गरेर नागरिकता लिएको विषयमा गाविस सचिवहरुविरुद्ध कारबाही प्रकृया अघि बढाइएको विरोधमा संरक्षण केन्द्रले अनिश्चितकालीन बन्द आह्वान गरेको हो । बर्दियामा ३१ गाविस छन् । सबै गाविसमा काम रोकिदा नागरिकता सिफारिस लगायत महत्वपूर्ण काम ठप्प भएको छ ।