लुगा धुन गएकी महिलालाई पनि छाडेनन् युवकले

काठमाण्डु टुडे २०७० भदौ १९ गते ४:३६ मा प्रकाशित

Rapeमहोत्तरी, १९ भदौ । पछिल्लो समय महिला बलात्कारका घटना बढेका छन् । पानी पँधेरो जाँदा, दाउरा घाँस गर्दा वा घर भित्रै पनि महिला तथा बालबालिका बलात्कारका शिकार भएका छन् ।

यस्तै घटना भएको छ, महोत्तरीमा । महोत्तरी एकरहिया गाविस ३ की २२ बर्षीया एक महिला गाउँकै पोखरीमा लुगा धुन गएकोबेला यौन दुर्व्यवहारमा परेकी छन् । मंगलबार साँझ उनलाई पोखरीमा बलात्कार प्रयास गर्ने सोही ठाउँका १९ वर्षीय विजयकुमार मुखियालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । जबर्जस्ती करणीको प्रयास गर्दा महिलाले कराएपछि स्थानीयले उनको उद्धार गरी मुखियालाई प्रहरीसमक्ष बुझाएका थिए ।

मुखियालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक नेत्रबहादुर बरुवालले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us