काठमाण्डु, २४ भदौ – प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको सोमबार एक सयौं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विक्रम सम्वत १९७१ साल भदौ २४ गते भारतको बनारसमा जन्मिएका कोइरालाले २००३ सालमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना गरेका थिए ।...
काठमाण्डु २३ भदौ– मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छादारले मधेशी नेतालाई पहाडबाट जिताउन एकीकृत माओवादी,नेपाली काँग्रेस र नेकपा एमालेलाई चुनौती दिएका छन । एमाओवादी अध्यक्ष प्रचण्ड लगायत अन्य ठूला दलका ठूला नेतालाई मधेशबाट चुनाव लड्ने नैतिक आधार नरहेको बताउदै गच्छादारले त्यस्तो चुनौती दिएका...
नेपालगञ्ज, २३ भदौ–एकीकृत नेकपा माओवादीले सम्पत्ति छानविन आयोगको सिफारिस अनुरुप केन्द्रीय नेताहरुलाई कारवाही गर्ने भएको छ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहीदिनभित्रै छानविन आयोगको प्रतिवेदन सार्वजनिक गरी नेताहरुलाई कारबाही गर्ने बताएका हुन् । बाँकेको नेपालगञ्जमा आइतबार भएको पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘मैले...
कञ्चनपुर, २३ भदौ – नेपाली काँग्रेसले एकल पहिचानसहितको संघियता नस्वीकार्ने बताएको छ । एकल पहिचानले जातिय द्वन्द्व निम्तने काँग्रेसको ठहर छ । ‘एकल जातीय नभएर सामथ्र्यका आधारमा संघीयतामा जानुपर्छ’ काँग्रेस पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडुले आइतबार महेन्द्रनगरमा कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘जातिय मुद्दाले देशमा द्वन्द्व...
चितवन, २३ भदौ–गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको आरोपमा पक्राउ परेका एमाओबादी कार्यकर्ता रामप्रसाद अधिकारीलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले अनुमति दिएको छ । म्याद थपका लागि जिल्ला प्रहरी कार्यालय चितवनले रामप्रसादलाई आइतबार जिल्ला अदालतमा पेश गरेको थियो । अदालतमा १०...
काठमाण्डु, २३ भदौ– हरितालिका तीजको अवसरमा काठमाण्डुको पशुपतिनाथ लगायत देशभरका शिवालयहरु श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । पानीसमेत नखाई निराहार व्रत बसेका श्रद्धालु महिलाहरु पशुपति क्षेत्रमा नाचगान गर्दै रमाइलो गरिरहेका छन् । विवाहिता नारीले तीजको दिन व्रत बसेर शिवको पूजा गरे आफ्नो पतिको दिर्घायू...
भक्तपुर, २३ भदौ – भक्तपुरका पत्रकार प्रितम श्रेष्ठको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । भक्तपुर नगरपालिका–८ तौलाछे निवासी ३५ बर्षीय श्रेष्ठ भक्तपुरबाट प्रकाशित हुँदै आएको प्रक्षेपण दैनिकमा कार्यरत थिए ।...
काठमाण्डु, २३ भदौ – संगठित अपराध सन्चालन गरेकाे अाराेप लागेका रोज राणालाई नेपालका ठूला राजनीतिक दलका नेताहरुले सम्मान गरेका छन् । काठमाण्डुमा शनिबार आयोजित एक कार्यक्रममा नेताहरुले राणासहित पाँचजना युवालाई सम्मान गरेका हुन् । प्युठान स्याउलीबाङका राणा मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जेल...
काठमाण्डु, २३ भदौ–राष्ट्रपति डा. रामवरण यादवले मुलुकभित्र र बाहिरका विश्वविद्यालयबाट विद्यावारिधि तथा विभिन्न तहमा सर्वाेत्कृष्ट अङ्क प्राप्त गरी उत्तीर्ण हुने २ सय ४८ जना विद्यार्थीलाई विद्याभूषण पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको छ । राष्ट्रिय शिक्षा दिवसको उपलक्ष्यमा शिक्षा मन्त्रालयद्वारा राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित...
काठमाण्डु, २३ भदौ–निर्वाचन आयोगले आउँदो असोज पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम शुरु गर्दैछ । त्यसकालागि देशभर १५ हजार कर्मचारी खटाइने छ ।...
काठमाण्डु २३ भदौ–नेकपा–माओवादीसहित ३३ दलीय राजनीतिक मोर्चाले बरिष्ठ अधिवक्ता शम्भु थापाको ल फर्ममा राजस्व अनुसन्धान बिभागले मारेको छापालाई प्रतिशोधपूर्ण कार्वाहीको संज्ञा दिएको छ । राजश्व छलीको आरोपमा वरिष्ठ थापाको ल फर्ममा शुक्रवार सरकारले छापा मारेको थियो । मोर्चाका तर्फबाट नेकपा–माओवादीका सचिव देव गुरुङले आइतवार...
काठमाण्डु, २३ भदौ– आज भाद्र शुक्ल तृतिया अर्थात्, हरितालिका तीज । आज हिन्दू महिलाहरु निराहार व्रत बसी श्रद्धापूर्वक शिवको पूजा गर्दछन् । चार दिनसम्म मनाइने तीज पर्वको आज मुख्य दिन हो । काठमाण्डुको पशुपति, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर, काभ्रेको साँगालगायत महादेवका मन्दिरहरुमा श्रद्धालु महिलाहरुको...