पहिचानसहितको संघीयता अमान्य : काँग्रेस

काठमाण्डु टुडे २०७० भदौ २३ गते ७:५६ मा प्रकाशित

कञ्चनपुर, २३ भदौ – नेपाली काँग्रेसले एकल पहिचानसहितको संघियता नस्वीकार्ने बताएको छ । एकल पहिचानले जातिय द्वन्द्व निम्तने काँग्रेसको ठहर छ ।

‘एकल जातीय नभएर सामथ्र्यका आधारमा संघीयतामा जानुपर्छ’ काँग्रेस पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडुले आइतबार महेन्द्रनगरमा कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘जातिय मुद्दाले देशमा द्वन्द्व सिर्जना हुन्छ ।’

नेकपा–माओवादीलगायतका दललाई समेत सहमतिमा ल्याउने प्रयास भइरहेको उल्लेख गर्दै उनले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क रहन कार्यकर्तालाई आग्रह गरे । नेपाली काँग्रेसका पक्षमा देशभरि नै जनलहर बढेको प्रवक्ता बडुले दावीसमेत गरे । अबको चुनावपछि काँग्रेस सबैभन्दा पार्टी हुने उनको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us