निर्वाचन आयोगले धामीझाँक्री सम्मेलन गर्ने

काठमाण्डु टुडे २०७० भदौ २३ गते ५:०२ मा प्रकाशित

ellectoin commitionकाठमाण्डु, २३ भदौ–निर्वाचन आयोगले आउँदो असोज पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम शुरु गर्दैछ । त्यसकालागि देशभर १५ हजार कर्मचारी खटाइने छ ।
कर्मचारीहरुले धामीझाँक्री सम्मेलनदेखि धार्मिक मेलासमेत आयोजना गरी मतदान गर्ने तरिकाबारे सर्बसाधारणलाई जानकारी गराउने छन् ।

निर्वाचन आयोगका प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले भने, ‘असोज र कार्तिक महिनामा सन्चालन हुने मतदाता शिक्षा कार्यक्रमकालागि १५ हजार कर्मचारी परिचालन हुनेछन् ।’ मतदातालाई निर्वाचनप्रति जागरुक र उत्प्रेरित गरेर निर्वाचनमा बढीभन्दा बढी सहभागि गराउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको उप्रेतीको भनाइ छ ।

झोलादेखि मेलासम्मको अवधारणासहित दुई महिने विशेष मतदाता शिक्षा कार्यक्रम सञ्चालन लागिएको आयोगले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us