मोटरसाइकल ठोक्किँदा पत्रकारको मृत्यु

काठमाण्डु टुडे २०७० भदौ २३ गते ७:२६ मा प्रकाशित

भक्तपुर, २३ भदौ – भक्तपुरका पत्रकार प्रितम श्रेष्ठको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । भक्तपुर नगरपालिका–८ तौलाछे निवासी ३५ बर्षीय श्रेष्ठ भक्तपुरबाट प्रकाशित हुँदै आएको प्रक्षेपण दैनिकमा कार्यरत थिए ।

उनले चलाएको बा २८ प४७०१ नम्बरको मोटरसाइकल र बा ३८प ६९२१ नम्बरको मोटरसाइकल जगातेस्थित बसस्टपमा आपसमा ठोक्किएर गएराती दुर्घटना भएको थियो । दुर्घटना भएलगत्तै उपचारका लागि भक्तपुर अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा सामान्य घाइते भएका अर्का मोटरसाइकल चालक भक्तपुर सुकुलढोका–५ बस्ने २० वर्षीय लुभु शाक्यलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us