तीजको दिन पशुपतिमा जे देखियो (फोटो फिचर सहित)

काठमाण्डु टुडे २०७० भदौ २३ गते ७:४० मा प्रकाशित

Teej-@-Pashupatiकाठमाण्डु, २३ भदौ– हरितालिका तीजको अवसरमा काठमाण्डुको पशुपतिनाथ लगायत देशभरका शिवालयहरु श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । पानीसमेत नखाई निराहार व्रत बसेका श्रद्धालु महिलाहरु पशुपति क्षेत्रमा नाचगान गर्दै रमाइलो गरिरहेका छन् ।

DSC_2217

विवाहिता नारीले तीजको दिन व्रत बसेर शिवको पूजा गरे आफ्नो पतिको दिर्घायू हुने र अविवाहिताले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । त्यसैले होला पशुपति क्षेत्रमा विहानैदेखि विवाहित र अविवाहित नारीहरुको भीडभाड देखियो ।

1

पशुपति क्षेत्र विकास कोषले लाइनमा बसेको ३० मिनेटमै दर्शनको व्यवस्था मिलाइएको दावी गरे पनि कतिपयले डेढ घण्टासम्म लाइन बस्नु परेको गुनासो गर्दै थिए । रातो, हरियो र पहेंलो ब्रस्त लगाएका हजारौं महिलाहरुको लाइन व्यवस्थित गर्न सुरक्षाकर्मी र स्काउटका प्रतिनिधिहरु खटिएका थिए । विरामी भएकाहरुलाई उद्धार गर्न र उपचार गर्न रेडक्रसकर्मी खटिएका थिए । सामाजिक संघसंस्थाहरुले निःशुल्क पीउने पानीको व्यवस्था मिलाएका छन् । 2

नेपालको राष्ट्रिय फुटबल टोलीका खेलाडीहरु पनि पशुपतिनाथ मन्दिर पुगेर आइतबार पूजाआजा गरे । आठौं साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा अफगानिस्तान विरुद्ध खेल्नुअघि उनीहरु पशुपतिमा पूजा गर्न गएका हुन् । यसअघि पनि उनीहरु त्यसैगरी पूजा गर्न पशुपति पुग्ने गरेका थिए । तस्विरहरु : दिनेश श्रेष्ठ DSC_2166

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us