प्रधानसेनापति राणा बेलायत प्रस्थान

काठमाण्डु टुडे २०७० भदौ २१ गते २:५८ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– प्रधानसेनापति गौरवशमशेर राणा साताव्यापी भ्रमणका सिलसिलामा आज बेलायत प्रस्थान गरेका छन् ।
gauravकाठमाण्डु, २१ भदौ– प्रधानसेनापति गौरवशमशेर राणा साताव्यापी भ्रमणका सिलसिलामा आज बेलायत प्रस्थान गरेका छन् ।
बेलायती सेनाध्यक्ष सर पिटर वालको निम्तामा राणा त्यसतर्फ लागेका हुन् ।  राणाको भ्रमण द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउने उद्देश्यका साथ हुन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले भ्रमणबाट दुई देशका सेनाबीचको मित्रता, सद्भाव तथा आपसी सहयोगले निरन्तरता पाउने विश्वास गरिएको बताए ।

प्रधानसेनापति नियुक्त भएपछि राणाले यसअघि छिमेकी भारत र चीन भ्रमण गरेका थिए । भ्रमणका क्रममा राणा नेतृत्वको तीन सदस्यीय प्रतिनिधिमण्डलले बेलायतका लागि नेपाली राजदूत सुरेशचन्द्र चालिसेसँग भेट गर्नुका साथै लण्डनस्थित गोर्खा स्मारकमा गएर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।

यस्तै प्रतिनिधिमण्डलले बेलायती सेनाध्यक्ष वाल, प्रतिरक्षा सेवाका प्रमुख निकोलास हक्टन, विदेश तथा राष्ट्रमण्डल कार्यालयका मन्त्री ह्युगो स्वाय र बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग प्रमुख कृष मगट्रोइडलगायतसँग भेट्ने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us