एमाओवादी–उपेन्द्रको मोर्चा चुनावी तालमेल कमजोर

काठमाण्डु टुडे २०७० भदौ २० गते १४:१० मा प्रकाशित

काठमाण्डु २० भदौ– मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चामा चुनावी तालमेलका लागि गृहकार्य शुरु गरेका छन । upendra-yadav_20110506084356

उपेन्द्र यादवले आफ्नै मोर्चालाई सक्रिय बनाएर अगाडि बढाउन लागेको मोर्चाका एकघटक राष्ट्रिय मधेश समाजवादीका अध्यक्ष शरत्सिह भण्डारीले बताए । एकातिर महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टीको नेतृत्वमा चुनावी तालमेलको पहल भइरहेको थियो भने अर्कोतिर यादवले एकीकृत नेकपा माओवादीसँग तालमेल गर्ने चर्चा पनि चलिरहेको थियो । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबीच चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति भएपनि सीटको विषयमा कुरा नमिलेपछि वार्ता स्थगित भएको छ । तमलोपा र सद्भावनाबीच चुनावी तालमेल गर्न बुधवारका लागि बैठक तय गरेको थियो तर तालमेलका लागि आधारभूत प्रकृयामा कुरा नमिलेपछि वार्ता अनिश्चितकालका लागि स्थगित भएको सद्भावना पार्टीले जनाएको छ ।
मधेशी पत्रकार संघसँग विहिवार गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष भण्डारीले अरुसँग तामलमेल गर्नुभन्दा आफूहरुको आफ्नै मोर्चामा चुनावी तालमेल गराउन खोजिएको बताए । एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले एकातिर मधेशी मोर्चालाई गाली गर्नु र अर्कोतिर उपेन्द्र यादव नेतृत्वको मोर्चासँग तालमेल गर्ने कुरा ल्याउनु एकतिरले दुई निशान गरे जस्तो भएको भण्डारीको भनाई थियो । सविधानसभा रहँदादेखि नै सक्रिय रहेको यो मोर्चालाई चुनावमा तालमेल गरेर लैजाने लगभग दलहरुको बीचमा सहमति भइसकेको र क्षेत्रको आधारमा कुरा मिलाउन मात्र बाँकी रहेको भण्डारीले बताए ।
आदिवासी जनजातिसहित आठ दलको सो मोर्चामा रहेका पाँच दलले निर्वाचन आयोगबाट दलको मान्यता प्राप्त गरेका छन् । उच्च स्तरीय राजनीतिक समितिले हालै यो मोर्चासँग ६ बुँदे सम्झौता गरेर सविधानसभा चुनाव तथा समितिमा सहभागि गराइसकेको छ । अध्यक्ष भण्डारीले भने‘मधेशमा दुईटा मोर्चाको आवश्यकता छ, एउटा मोर्चा भयो भने त्यो निरकुँश हुन्छ र जे पायो त्यही सहमति गरेर मधेशलाई नोक्सान पुर्याउँछ । त्यसैले एउटा सयुक्त लोकतान्त्रिक मधेशी मोर्चा छदैछ र अर्को हाम्रो संघीय लोकतान्त्रिक मोर्चा छ, जसमा अन्य मधेशवादी दलहरुलाई पनि समेटने तयारी भइरहेको छ । मधेशमा दुईटा मोर्चा भयो भने सन्तुलन कायम हुन्छ अरु कुनै एउटा मोर्चाले बदमासी गर्न पाउँदैन ।’
विगतको सविधानसभाको बेलामा मधेशी मोर्चाका नेताले पाँच प्रदेशमा सहमति गरिसकेका थिए तर आफूहरुको मोर्चाले सडक आन्दोलन गरेपछि मात्र त्यो भंग भएको भण्डारीले स्मरण गराए । मंसिर ४ गतेको चुनाव सम्पन्न गराउनका लागि मोर्चा तयारीमा जुटेको बताउँदै नेकपा–माओवादीलगायत अन्य असन्तुष्ट दलहरुसँग वार्ता गरेर चुनावमा सहभागि गराउनुपर्ने कुरामा भण्डारीले जोड दिए । तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्तासँग एकीकरणको वार्ता किन भंग भयो भने जिज्ञासामा भण्डारीले भने ‘गुप्ताजी आफ्नो अभियानलाई कुनै संगठनको रुप नै दिन सक्नु भएन, र, उहाँको ढुलमुले सोच र प्रतिकृयाको कारण जान्दा नजान्दै वार्ता भयो । राजनीतिक ज्ञान र सँस्कार भएका गुप्ताजी किन बाटो विराउनु भो थाहा भएन तर अहिले पनि केही विग्रेको छैन मुलधारको राजनीतिमा आउन स्वागत छ,।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us