माइक्रो र ट्रक ठोक्किँदा सात घाइते, दुईको अवस्था गम्भीर

काठमाण्डु टुडे २०७० भदौ २० गते ५:०२ मा प्रकाशित

Accidentरत्ननगर, २० भदौ–चितवनको कुरिनटारमा विहीबार बिहान माइक्रो बस र ट्रक आपसमा ठोक्किदा सातजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।

गोरखाबाट काठमाण्डुकालागि छुटेको ग १ ख २४६० नम्बरको माइक्रो बस र काठमाण्डुबाट चितवनकालागि छुटेको ना ४ ख ९७१० नम्बरको ट्रक कुरिनटारस्थित केवलकार नजिकैको ओरालोमा ठोक्किएका हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका दुई यात्रुलाई उपचारका लागि भरतपुर ल्याइएको छ । अन्यको भने स्थानीय मेडिकलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । दुवै सवारीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच नुवाकोटको बट्टार बजारमा मोटरसाईकल दुर्घटना हुदा २ जना गम्भीर घाईते भएका छन् । घाईते हुनेमा मोटरसाईकल चालक बिदुर नगरपालीका बस्ने ३७ वर्षीय नवराज के.सी र पछाडी सवार बिपम श्रेष्ठ रहेका छन् । गम्भीर घाईते दुवैको काठमाण्डुको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भईरहेको छ ।

बुधबार राती साढे ११ बजे बा ३६ प ८३२५ नम्बरको मोटरसाईकल तिव्रगतीका कारण अनियन्त्रीत भई सडकको नालीमा पल्टदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us